डडेल्धुरामा बस दुर्घटना, १६ यात्रु घाइते


कैलाली । डडेल्धुरामा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुरा जाँदै गरेको ना. ७ ख. १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका हुन्।

घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि डडेल्धुरास्थित टिम क्षेत्रिय अस्पतालमा लगिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

ब्रेक फेल हुँदा बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरकिो भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार