सबैभन्दा बढी बाढीपहिरो र डुबान प्रभावित सुदूरपश्चिममा प्रधानमन्त्री र अर्थमन्त्रीको टोली दिनभर अनुगमनमा


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको टोली यतिबेला सुदूरपश्चिम प्रदेशमा छ ।
सोमबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीपहिरो र डुबानमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश प्रभावित भएकाले प्रधानमन्त्रीको टोली अनुगमनमा त्यहाँ गएको हो । प्रधानमन्त्री, अर्थमन्त्रीसहित, प्रर्यटनमन्त्री प्रेम आलेसहितको टोलीले आज दिनभर सुदूरपश्चिमका विभिन्न प्रभावित क्षेत्रको अवलोकन र अनुगमन गरेको छ ।

काठमाडौबाट हेलिकोप्टरमार्फत गएका प्रधानमन्त्री र अर्थमन्त्रीको टोलीले आज दिनभर बझाङ, बैतडी, डोटी, डडेल्धुरा, कंचनपुरको सीमापारी दोधारा चाँदनी, कैलालीको धनगढी लगायतका बाडीपहिरो र डुबानबाट क्षतीग्रस्त ठाउँहरुको अवलोकन र अनुगमन गरेको छ ।
प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबान पीडितहरुलाई तत्काल उचित राहात र ब्यवस्थापन गरिने आश्वासन दिए ।

प्रधानमन्त्रीको टोली सुदूरपश्चिमको धनगढीबाट भोली काठमाडौं फर्किने छ । बर्षासंगै आएको बाढीपहिरो र डुबानमा परि सुदूरपश्चिममा मात्रै ३१ जनाको ज्यान गएको छ भने २३ जना वेपत्ता छन् । करोडौको भौतिक सम्पती नष्ट भएको । दर्जनौं पुल, राजमार्ग, भवन, घरहरु र अन्नबालीमा बाढिपहिरो र डुबानले ठुलो क्षती पुर्याएको छ । बाढीपहिरोले सबैभन्दा बढी बझाङ र डोटीमा मानविय र भौतिक क्षती भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार