प्रधानमन्त्री देउवाले भनेः ‘यहि हो भाइरल रोड ? काठमाडौं फर्केपछि राहात प्याकेज ल्याउँछौं’


कंचनपुर । सोमबारदेखि परेको अविरल बर्षाका कारण आएका बाढिपहिरो, डुबान र कटानले देशका विभिन्न ठाउँमा ठुलो धनजनको क्षती गरेको छ । सबैभन्दा बढि क्षती गरेको सुदूरपश्चिम प्रदेशमा यतिबेला प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारी टोली अनुगमनमा छ ।

त्यहि क्रममा आज प्रधानमन्त्री देउवाले कंचनपुरको महाकाली नदी किनारमा रहेको भाइरल रोडको अनुगमन गरेका छन् ।
उक्त रोड बाढीले भत्काइदिएको थियो । आज दिउँसो देउवा नेतृत्वको सरकारी टोली सोहि भाइरल रोडमा स्थानिय बाढी पीडित, जनप्रतिनीधि, सरोकारवालासंग छलफल गरेका छन् । देउवाका लागि रोडमै हेलिप्याड बनाएर कार्यक्रमका लागि मंच खडा गरिएको थियो ।

भाइरल रोड अनुगमनपछि प्रधानमन्त्री देउवाले बाढी पीडितहरुका लागि तत्काल राहतका कार्यक्रमहरु ल्याइने बताएका छन् ।

महाकाली नदी किनारमा बनेको ६ लेनको पहुँच मार्ग (भाइरल रोड) को करिब तीन सय मिटर सडकखण्ड बाढीको कटानले भत्काएको छ । भाइरल रोड भत्किएपछि ठेकेदार कम्पनीमाथि स्थानियहरुले छानबिनको माग गरिरहेका छन् । कमसल कच्चा पर्दाध प्रयोग गरेर रोडको संरचना बनाएको बन्दै ठेकेदारमाथि छानविनको माग भइरहेको छ ।

स्थानिय जनप्रतिनीधिले ६ लेन सडक कटानी हुनुमा ठेकेदारको लापरवाहीबारे सरकारले छानबिन गनुपर्ने भन्दै प्रधानमन्त्री देउवासंग अनुरोध गरेका थिए। तर, प्रधानमन्त्री देउवाले त्यसबारे केही बोलेनन्।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखक पनि सहभागी थिए।

प्रधानमन्त्ती देउवा नेतृत्वको टोलीले हिजो बझाङ, डोटी, बैतडी, कंचनपुरको दोधारा चाँदनी लगायतका बाढिपहिरो, डुबान प्रभावित क्षेत्रको अनुगमन गरेको थियो । सुदूरपश्चिममा बाढिपहिरो, डुबानमा परी अहिलेसम्म ३३ जनाको ज्यान गइसकेको छ भने २२ जना वेपत्ता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार