कस्तो अचम्म: एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिव चयन

दार्चुला। दार्चुलामा एउटै ब्यक्ति काँग्रेस र एमालेको वडा प्रतिनिधिमा निर्वाचित भएको छ । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा पनि चयन भएका छन्।

गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए। हिजो मात्रै सोहि वडामा सम्पन्न एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका हुन ।

सम्पन्न वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ। कांग्रेसको वडा अधिवेशनमा उपसभापतिमा चयन भएका शंकर एमालेमा प्रवेश गरे नगरेको खुलेको छैन् ।

शंकर एमालेमा प्रवेश गरे नगरेकोबारे आफुलाई जानकारी नभएको कांग्रेसको महाकाली नगरपालिकाका प्रवक्ता पदम सिंह महरले बताएका छन् भने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालकाअनुसार शंकरले एमाले प्रवेश गरेर सचिवमा उम्मेद्वारी दिएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार