
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश फेरी प्रतिगमनतीर जान थालेपछि एमसीसी पास गरेर सत्ता गठबन्धन जोगाएको बताएको छ ।
आजदेखि काठमाडौंंको राष्ट्रिय सभागृहमा सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी पास भएपछि सत्ता गठबन्धन चुनावसम्मै जाने निश्चित भएको दावी समेत गरे ।
“गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश भएपछि एमसीसी पास गर्यौं र यसले सत्ता गठबन्धन चुनाव सम्मै जाने निश्चित पनि भयो”, अध्यक्ष प्रचण्डले भने ।
सुरुमा सत्ता गठबन्धन बनाउँदा एमसीसी प्राथमितामा नभएकाले सरकारको साझा नीति तथा कार्यक्रममा पनि एमसीसी नराखिएको प्रचण्डले बैठकमा प्रस्ट पारे ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमालेले निरन्तर संसद अवरोध गरिरहेको बिषय उल्लेख गर्दै सदन खुलाउन विपक्षी तयार नभए नयाँ विकल्पमा जानुपर्ने धारणा राखे ।










