
काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि विभिन्न पदका उम्मेदरवारको मनोनयन दर्ता आज र भोलीसम्म गरिसक्नु पर्नेछ । तर मनोनयन दर्ताका लागि उम्मेदवारले बुझाउनु पर्ने कागजात र लाग्ने शुल्कबारे धेरैको जिज्ञासा रहने गर्दछ ।
यहि कुरालाई मध्यनजर गर्दै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको सूची नै सार्वजनिक गरेको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आज र भोली सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउँदा केहि महत्वपुर्ण कागजात आवश्यक पर्छ ।
चुनावमा कुनै पदको लागि उम्मेदवारी दर्ता गराउन सुरुमा उक्त ब्यक्तिको नाम स्थानीय तहको मतदाता नामावलीमा नाम हुन अति जरुरी हुन्छ । नाम भएन भने उम्मेदवारी दिन पाइदैन् । मतदाता नामावलीमा नाम भएकोखण्डमा उम्मेदवारी दर्ता गराउदा सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने हुन्छ ।
कुनै दलबाट उम्मेदवारी दिंदा उक्त दलले प्रदान गरेको औपचारिक पत्र निर्वाचनको कार्यालयमा पेस गर्नुपर्ने हुन्छ। यदि उम्मेदवार कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा उसले उक्त पदबाट राजीनामा दिएको निस्सा बुझाउनु पर्ने हुन्छ ।
त्यस्तै आयोगले जनाएअनुसार नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउंदा १ हजार ५०० सय रुपैयाँ धरौटी राख्नु पर्ने हुन्छ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्ने आयोगले जनाएके छ । वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ शुल्कलाग्नेछ । वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।
उम्मेदवारी दिन चाहिने आवश्यक कागजात र शुल्कबारे आयोगको सूची हेरौं
















