प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, हेलिकोप्टरबाट पुष्प वृष्टि


पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन् । नयांबर्ष सन् २०२३ को शुभारम्भको अवसरमा प्रधानमन्त्री प्रचण्डले आज पोखरामा आयोजित विशेष समारोहकाबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटनका बखत आकासबाट हेलिकोप्टरमार्फत् पुष्प वृष्टि सोत गरिएको थियो । देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यसले देशको आर्थिक क्षेत्रमा टेवा पुर्याउने विश्वास गरिएको छ । उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्डको साथमा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुगेका थिए।

उद्घाटन समारोहमा पोखरावाुसीको विमानस्थलमा उल्लेख सहभागिता थियो । शहरका विभिन्न ठाउँबाट सांस्कृतिक झाँकी पनि निकालिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको खुशीयालीमा आज बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न पोखरा महानगरपालिकाले आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार