
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा गठबन्धन विजयी भए लामो समयसम्म गठबन्धन कायम राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यहि वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै आज सत्ता गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको चुनावीसभालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन विजयी भएमा आगामी १० / २० वर्षसम्म गठबन्धनलाई कायम राख्ने प्रतिवद्धता ब्यक्त गरेका हुन्। प्रचण्डले गठबन्धन हारेमा देशै दुर्घटनामा पर्ने समेत छन् ।
कार्यक्रममा बोल्ने काँग्रेस वक्ताहरुले स्थानिय चुनावको गठबन्धनपछि माओवादीले धोका दिने होकी भन्दै शंका ब्यक्त गरेकोप्रति अध्यक्ष प्रचण्डले यस्तो जवाफ फर्काएका थिए । उनले २०७४ को चुनावमा काँग्रेससंगको गठबन्धन तोड्नुको कारण भोट ट्रान्सफर नभएको प्रष्ट पारे ।
गठबन्धन गर्दा चितवनका साथै मधेसमा पनि काँग्रेसको तर्फबाट भोट ट्रान्सफर नभएकाले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै गठबन्धनबाट बाहिरिएको प्रचण्डले थप प्रष्ट पारे ।
गठबन्धन चुनाव जित्नका लागि मात्रै नभएको भन्दै अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि भएकाले त्यही आत्मसाथ गर्दै देशभर गठबन्धनलाई विजयी गराउन अपिल समेत गरे ।
‘यो गठबन्धन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि हो, यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो गठबन्धनको टिमलाई विजयी गराउनुहोस’, प्रचण्डले भने ।
भिडियो पनि हेरौं











