भरतपुर महानगरकी मेयर रेनु चढेको गाडी दुर्घटना, रेनुको टाउकोमा ठुलो चोट, केछ अवस्था ?

ललितपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएको छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी आज दिउँसो ललितपुरको जावलाखेलमा दुर्घटना भएको हो। गाडीको टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको ललितपुर प्रहरीको भनाई छ।

दुर्घटनामा परी रेनुको टाउकोमा चोट लागेकाले टाँका लगाइएको छ । रेनुको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनि खतरामुक्त रहेको अस्पतालले जनाएको छ। गाडी गुल्मी घर भइ ललिपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार