मन्त्री आलेको आक्रोशः निजगढ एयरपोर्ट के दाँत फुकालेर बन्छ ?

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आर्थिक संकट रहेको बताएका छन् ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले सर्वोच्च अदालतले रोक लगाइसक्दा पनि कतिपय मन्त्रीहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनिरहेको प्रति आक्रोश समेत पोखका छन् ।

‘आज कतिपय मन्त्री साथीहरुले निजगढ एयरपोर्ट बन्छ भनेका छन्, के दाँत फुकालेर गर्ने रु दाँत फुकालेर एयरपोर्ट बन्छ ?, आक्रोशित मन्त्री आलेले भने ।

उनले निजगढ विमानस्थल निर्माणका लागि सरकारले बजेट नै कम छुट्याएको गुनासो गरे । ‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ रु तर हामीले जम्मा २६ करोड बजेट पाएका छौं, उनले भने ।
मन्त्र आलेले निगढ विमानस्थल बन्ने कुरा नर्गन समेत आग्ह गरेका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियामा अहिलेसम्म ३ खर्ब र सो विमानस्थलाई जोड्ने काठमाडौं–मधेश फास्टट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै मन्त्री आलेले मधेसलाई राजधानीसँग जोड्न नचाहने गरी सर्वोच्चको फैसला आएको समेत टिप्पणी गरेका ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार