वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्धारा राजीनामा

हेटौडा । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा गरेकी छन् । बुधबार दिउँसो १ बजेपछि बसेको प्रदेशसभा बैठकमा शाक्यले राजीनामा गरेकी हुन् । नेपालको संविधानमा भएको ब्यवस्थाअनुसार आफुले राजीनामा गरेको उनको भनाई छ । प्रदेशको विकासमा आगामी दिनमा आफ्नो सकारात्मक भूमिका रहने उनले बताइन् ।

राजीनामाअघि मुख्यमन्त्री शाक्यले मन्त्री तथा सांसदहरुसँग मतविभाजनको प्रक्रियामा अगाडि बढ्ने वा राजीनामा दिएर मार्गप्रशस्त गर्ने विषयमा आन्तरिक छलफल गरेकी थिइन् । शाक्य निकट सांसदहरुले उनलाई राजीनामा दिन सुझाएका थिए ।

संसदमा अल्पमतमा परेकी शाक्यलाई विश्वासको मतको पक्ष र विपक्षमा जानु भन्दा पनि राजीनामा गर्न सुझाएका थिए ।

५६ सांसदसहित एकल बहुमतबाट भदौ २ गते मुख्यमन्त्री शाक्य नेपालकै पहिलो मुख्यमन्त्री बनेकी थिइन् । उनको राजीनामापछि  अब गठबन्धनबाट नेकपा समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने पक्का भएको छ । उनलाई गठबन्धनले मुख्यमन्त्रीमा अघि सारिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार