
काठमाडौं। सत्ता गठबन्धनको बैठक आज बस्दै छ। दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने बताइएको छ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी आवद्ध छन् । मंसिर ४ मा यि पाँचै दलले तालमेल गरेर चुनाव लडेका थिए । चुनावको मत परिणामअनुसार कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जित्दै सबैभन्दा ठुलो दल बनेको छ भने गठबन्धनको माओवादी अहिलेसम्म १७ सिट जित्दै तेस्रो दल बनेको छ ।
यसैगरी एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । प्रदेश सभामा सत्ता गठबन्धनले बहुमतको सरकार गठन गर्ने सम्भावना देखिन्छ ।
सत्ता गठबन्धनले गरेको सिट बाँडफाड काँग्रेसले चुनावमा इमानदारिता नदेखाएको अन्य दलहरुको आरोप छ । जसका कारण आगामी दिनमा गठबन्धन जारी राख्ने वा तोड्ने भन्ने बिषयमा दलहरु अन्यौल नै देखिन्छन् ।










