एउटै मंचबाट प्रधानमन्त्री र गृहमन्त्रीले भनेः गठबन्धनविरुद्ध नबोल्नू,गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन


चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले एउटै मंचबाट बोल्दै गठबन्धन तोड्न नहुने कुरामा जोड दिएका छन् ।
आज चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै देउवा र खाणले गठबन्धन विरुद्ध नबोल्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई समेत निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ रु यसैले गठबन्धनको विरुद्ध नबोल्नु ।’

उनले सत्तारुढ गठबन्धनलाई टुटाउन विभिन्न षड्यन्त्रहरु पनि भइरहेको बताए।

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरु पाएकाले गठबन्धन तोडेर फेरी काँग्रेसलाई कमजोर बनाउने षडयन्त्रविरुद्ध चनाखो हुनुपर्ने उनको भनाई छ । गठबन्धन तोड्नु भन्दा पनि यसबाट काँग्रेसले बढीभन्दा बढी भन्दा फाइदा लिनेतर्फ लाग्नुपर्ने देउवाले बताए ।

काँग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकारकै कारण संविधानको रक्षा हुँदै लोकतन्त्रको ग्यारेन्टी भएको देउवाले बताए । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक रहेको र कुनै भ्रमको पछाडि नलाग्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार