मेयर बालेनले भनेः डेंगीका बिरामीले १०२ मा फोन गरेर निशुल्क एम्बुलेन्स लैजानुस


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले डेंगीका बिरामीलाई आवश्यक परेमा निशुल्क एम्वुलेन्स लैजान सक्ने बताएका छन् । डेंगीका बिरामी बढ्न थालेपछि मेयर बालेन आवश्यक पर्दा महानगरको नम्बर १०२ मा फोन गरेर निशुल्क  एम्बुलेन्स सेवा लिन सक्ने बताएका हुन् ।

डेंगी संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने पनि उनले बताएका छन्।

साथै महानगरले डेंगीको रोकथाम र नियन्त्रणमा टोल/टोल वा सामुदायिकरूपमा नै सक्रिय भएर लाग्न पनि उनले बालेनको आग्रह छ ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा पछिल्लो समय डेंगीका बिरामी बढ्दै गइरहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अहिलेसम्म देशका ७५ जिल्लाहरुमा डेंगीका बिरामीहरु फेला परिसकेका छन् । पोथी लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार