सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन,कार्यदल संयोजक ओली


काठमाडौं । सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट पाँच दिनभित्र तय गर्न कार्यदल गठन भएको छ। सत्ता साझेदार दलहरुको आज बिहान बालुवाटारमा बसेको बैठकले सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट पाँच दिनभित्र तय गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकले कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संचारकर्मीलाई बताए । न्यूनतम् साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको उनले बताए।

गृहमन्त्री लाछिानेकाअनुसार कार्यदलमा साझेदार दलबाट एकएक जना प्रतिनिधि रहनेछन् । साथै बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार