काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन्। आज विहान यती एयरलाइन्सको विमान दुर्घटनाले स्तव्ध बनाएपछि त्यसबारे बुझ प्रधानमन्त्री प्रचण्ड आफै पोखरा जान लागेका हुन ।घटना लगत्तै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड केहिबेरमा पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ । प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा गएर उद्धार लगायतका बिषयमा सम्बन्धित निकायसंग छलफल गर्ने बताइएको छ ।
दुर्घटनास्थलमा अहिले सुरक्षाकर्मी र स्थानियहरु उद्दार कार्यमा लागिरहेका छन् । दुर्घटनास्थलमा सर्वसाधारणको ठुले घुंइचो भएका कारण उद्धारमा समस्या भइरहेको सुरक्षाकर्मीहरुको भनाई छ । सडकमा भिडभाड भएकाले बुद्धचोकबाट दुर्घटनास्थलसम्म आगो निभाउन जाँदै गरेका दमकल एवं पानीका ट्याङ्करहरुलाई समस्या भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।