काठमाडौँ । विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ९३ बर्षके उमेर विवाहव गरेका छन् । अमेरिकी सञ्चार माध्यमहरुकाअनुसार उनले आफ्नो ९३औं जन्मदिनको अवसरमा चौथो विवाह गरेका हुन्। एन्ड्रिनले ६३ बर्षिय फाउरसँग चौथो विवाह गरेका हुन् । फाउरसंग उनि लामो समयदेखि प्रेम सम्बन्धमा थिए । एड्रिनले यसअघि तीन जनासँग विवाह गरिसकेका थिए। तर उनीहरूसँग पारपाचुके भएपछि चौथो सववाह गरेका हुन् ।
उनीहरूबाट एड्रिनका तीन सन्तान छन् । विवाहको बारेमा ट्विट गर्दै उनले आफू किशोर अवस्थामा पुगेको भन्दै किशोर प्रेमीको जस्तै अनुभव भएको समेत बताएका छन् ।
एड्रिन सन् १९६९ मा एपोलो इलाभेन यानमा चन्द्रमा पुगेका थिए। एड्रिन निल आर्मस्ट्रङसँगै चन्द्रमा अवतरण गर्ने दोस्रो व्यक्ति हुन् ।
आर्मस्ट्रङसँग चन्द्रमा पाइला टेकेका उनी १९७१ मा अन्तरीक्षयात्रीबाट सेवानिवृत हुनुअघि १२ दिन अन्तरीक्षमा बिताएका थिए ।
भिडियो पनि हेरौ