धुर्मुस सुन्तली फाउन्डेसनको बिजुली काट्न पत्राचार, पौने दश लाख महसुल तिर्न बाँकी

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्न पत्रचार गरेको छ। आज चितवनको भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल नतिरेकाले असुलीका लागि काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्न पत्रचार गरेको हो ।

पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुलीमा गर्न अनुरोध गरिएको छ। फाउन्डेसनले ९ लाख ७४ हजार ७८० रुपैयाँ बिजुली महसुल तिर्न बाँकी छ । भरतपुर वितरण केन्द्रले जनाएअनुसार ६ महिनादेखि फाउन्डेसनका कर्मचारीहरु सम्पर्कविहीन छन् ।

भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पटक(पटक ताकेता गर्दा पनि फाउन्डेसनका सञ्चालक र पदाधिकारी सम्पर्कमा नआएकाले फाउन्डेसनका सबै कार्यालयहरुमा लाइन काट्न लागिएको बताएका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले देश विदेशबाट चन्दा संकलन गरेर भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएपनि रकमको अभावमा बिचमै छोडेका छन् । फाउण्डेसनका अध्यक्ष हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले निर्माणका क्रममा करिब १८ करोड ऋण लागेको भन्दै निर्माण कार्य बिचमे छोडेका हुन् । अहिले रंगशाला पलपत्र परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार