दार्चुला । दार्चुलामा फेरि तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाकाअनुसार आज दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।
भारत जाँदै गर्दा तुइनबाट खसेर नदीमा बेपत्ता भएका भण्डारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दार्चुलामा बर्षेनी तुइनबाट खसेर नागरिक बेपत्ता हुने गरेका छन् । तथ्याङ्कअनुसार बिगत ६४ वर्षमा ६३ जना महाकाली नदिमा बेपत्ता भएका छन् । जसमा अधिकांस ब्याँस गाउँपालिकाका बासिन्दा रहेका छन् । देशबाट तुइन बिस्थापित गर्ने भनिएपनि दार्चुलामा अझै आधा दर्जन जति तुइन संचालनमा छन् ।