बझाङ । बझाङमा २८ वर्षीया अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय नाबालक पक्राउ परेका छन् ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका– १ की ति अपाङ्ता भएकी महिलालाई आइतबार दिउँसो ३ बजे सोही ठाउँका १४ वर्षीय नाबालकले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङले जनाएअनुसार आरोपित नाबालकको जन्म मितिमा २०६६ साल उल्लेख गरिएको छ । आरोपीत नाबालकमाथि प्रहरीले थप अनुसंन्धान गरिरहेको र पीडित महिलालाई सेभ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको प्रहरी हवल्दार बिरबहादुर नाथको टोलीले साँझ साढे ६ बजे लुकेको अवस्थामा पक्राउ गरेको थियो ।