
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका हुन् ।
न्यायपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।











