राप्रपा उपाध्यक्षले नै भनेः म सक्रिय राजसंस्थाको पक्षमा छैन्


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफू सक्रिय राजसंस्थाको पक्षमा नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा बोल्दै उनले राजसंस्था हुनुपर्छ भन्ने माग र मान्यता राख्ने व्यक्ति भएपनि आफु सक्रिय राजसंस्थाको पक्षमा नरहेको बताएका हुन् ।

उनले अहिलेको अवस्थामा सक्रिय राजसंस्था बोक्ने व्यक्ति र शक्तिलाई बौलाहाको संज्ञा समेत दिएका छन् ।

राप्रपाका सांसद समेत रहेका तामाङले बैठकमा भने, ‘२०१७ सालपछिको राजसंस्था भनेको छ । तर यो २१ औँ शताब्दी हो । २०१७ सालको जस्तो सक्रिय राजसंस्था बोक्ने बहुलाहा हो । त्यस्तो सम्भव छैन । नचाहिने कुरा हो । म त स्पष्ट रूपमा भन्छु ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई चैत्र १५ गतेको जनप्रर्दशनको जनकमाण्डर नतोकेको दाबी पनि उनलेले गरे ।

बैठकमा गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक लगायतको उपस्थितीमा सांसद तामाङले तीनकुने घटनाको न्यायिक आयोग गठन गरेर छानविन गर्नुपर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार