
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । नवनिर्वाचित सरकारको पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो ।
नवनिर्वाचित मन्त्रीहरु बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।
उनीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् । सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने बताइएको छ ।
नवनिर्वाचित धेरै जसो मन्त्रीहरुले निर्णय नै गरेका छैनन् ।









