भारत । बिदेशमा दुख गरी कमाएको पैसा बचत गर्न सहकारी सस्थाको स्थापना गरिएको छ ।
बैतडीको शिबनाथ गाउपालिका ४ का युवाहरुले बिदेशमा कमाएको पैसा बचत गर्न साथीभाइ बचत तथा ऋण सहकारी सस्थाको स्थापना गरेका हुन। भारतको विभिन्न ठाउँहरुमा रोजगार गर्दै आइरहेका केही युवाहरुले भारतमै उक्त सहकारी संस्था स्थापना गरेको बताइएको छ ।
महेश पार्कीको अध्यक्षतामा गठन भएको उक्त सहकारी सस्ंथाको उपाध्यक्षमा मनोज तिरुवा, सचिवमा राजेन्द्र सिंह धनाडी, कोषाध्यक्षमा सारदा पार्की, सह सचिवमा केशब भट्ट, सह कोषाध्यक्षमा कुस्मा सार्की रहेका छन् । त्यसैगरी सदश्यहरुमा प्रेम पार्की, नवीन महता, नरेश लुहार, सुरेन्द्र सार्की, गोरख पार्की, प्रकाश पार्की, हिक्मत पार्की गरि जम्मा १३ जना युवाहरु आवद्ध छन् ।
विदेशमा दुख गरी कमाएको पैसाको सहि पदुपयोग र खाँचो परेका बेला सहयोग पाइयो भन्ने उदेश्यले उक्त संस्था स्थापना गरिएको अध्यक्ष महेश पार्कीले बताए । प्रत्येक महिनामा सहकारिमा केहि रकम जम्मा गर्ने र आवश्यक परेको बेला बचत गरेको रकम ऋणको रुपमा परिचालन गर्ने अध्यक्ष पार्कीको भनाइ छ ।
साथिभाइ बचत तथा ऋण सहकारी सस्था समुदायमा आधारीत, सदस्य केन्द्रित, सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालनमा गरिने समेत पदाधिकारीहरुको भनाई छ ।
सहकारीले आगाम दिनमा आयबृद्धि, गरिबी निवारण, सिपमुलक तालिम लगायत अन्य थुप्रै समाजिक कार्यहरुमा सहयोग गर्ने समेत उदेश्य रहेको छ । प्रवासमा स्थापना गरिएको यस सहकारी संस्थालाई नमुनाका रुपमा अगाडी बढाउने योजना समेत रहेको छ ।










