हुम्ला । विप्लव समूहले हुम्ला र मुगुका केही स्थानीय तहमा तालाबन्दी गरेको छ । स्थानीय तहमा दलाल र भ्रष्टचारी बढेको भन्दै तालाबन्दी गरिएको हो ।
दलाल पुँजिवादी संसदीय व्यवस्था अन्त्य गरौं, सामाजिक दलाल पुँजिवादी सरकार खारेज गरौ भन्ने नारा दिएको पम्पलेट टाँसेर स्थानीय तह बन्द गरिएका छन् ।
हुम्लाको ताँजाकोट गाउँपालीकाको वडा ३ को वडा कार्यालय भने स्थानीय प्रशासन र प्रहरीको सकृयतामा खाेलिएको स्थानीय युवराज भण्डारीले जानकारी दिएका छन् ।
सरकारले आफ्नो दुई जना कार्यकर्ताको गोली हानेर हत्या गरेको र पाँच सय भन्दा बढी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै यस्ता गतिविधि गर्न बाध्य भएको पम्पलेटमा उल्लेख गरिएको छ ।
विप्लव समूहका कार्यकर्ताले केहि दिनअघि मात्रै अदानचुली गाउँपालीका वडा नं.३ र ५ मा पनि राती राँके जुलुस सहित नाराबाजी गरेका थिए ।
त्यस्तै मुगुको सोरु गाउँपालीकाको कार्यालयमा पनि आजराती नै ताला बन्द गरिएको छ । संयुक्त क्रान्तीकारी जन परिषद नेपाल जिल्ला समिति मुगु नाम दिएको सुचना टाँस गरी ताला बन्द भएको बताइएको छ ।
सुचनाको बाहिर खसीको मासुको बिज्ञापन गरीएको तर। भित्र कुकुरको मासु बिक्रि गर्ने सडेन्त्रकारी बुर्जुवाहरुको गफ गर्ने अखडा साबित भएको उल्लेख गरिएको छ । १५ बुँदे सुचना टाँस गरी तालाबन्दी गरिएको छ ।










