
काठमाडौं । गायन कलाका लागि एक उत्कृष्ट सिँगिँङ रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल को सिजन–२’ छिट्टै प्रसारणमा आउँदैछ । पहिलो सिजन सफलताका साथ सम्पन्न गरेको भ्वाइस अफ नेपाल को सिजन–२ यहि साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हेर्न पाइनेछ ।
टेलिभिजनका अनुसार कार्यक्रम साउन ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुने छ ।
झण्डै २२ हजार आवेदकमध्ये छानिएका करिव १ सय जना प्रतिस्पर्धीहरुले अब प्रतियोगिताका विभिन्न चरणहरु पार गरी ग्राण्ड फिनाले प्रवेश गर्न पाउँनेछन् ।
कोचहरु परिर्वतन
‘दि भ्वाइस अफ नेपालको सिजन २ मा दुईजना नयां कोचहरुको देखा पर्दैछन् । आयोजकले यसपटक दुईजना कोच परिर्वतन गर्दै राजु लामा र आस्था राउतलाई राखेको छ ।
उनिसंगै दीप श्रेष्ठ र प्रमोद खरेल पनि कोच रहनेछन् । दीप र प्रमोद पहिलो सिजनमा पनि कोचका रुपमा थिए ।
यसपटकको कार्यक्रम टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ भने पावर्ड बाई एनआईसी एशिया बैंक र आईएनजी ग्रुप रहेका छन् । को स्पोन्सरका रुपमा लोटस हर्वल र हिरो मोटरसाइकल तथा एसोसिएट स्पोन्सरमा केएनपी जापान पेन्टस, हिमालय हर्वल र पेमेन्ट पार्टनरमा प्रभु पे रहेका छन् ।









