काठमाडौं । लोकपृय युवा गायक जनक ताम्राकारले “लाउँदिन ज्यान जाने पिरती” बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।
‘काफल खान्यां कुइयाँ’ बोलको देउडा फ्युजनको गीतबाट दर्शक स्रोताको मनमा बस्न सफल गायक जनकले यस पटक पनि मनछुने गीत पस्केका छन् ।
‘लाउँदिन’ बोलको गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ भने शैलेन्द्र एम प्रधानले गीतको एरेन्ज गरेका हुन ।
सुमधुरस्वरका धनी जनकको गायकी यस गीतमा अझै झल्किएको पाइन्छ ।
फरक फरक स्वादका गीतहरु आफ्ना दर्शक स्रोताका लागि पस्किने क्रममा ‘लाउँदिन’ बोलको गीत ल्याएको उनको भनाई छ ।
बिजु कर्माचार्यको मिक्स मास्टरमा तयार यो गीतको भिडियोमा गायक जनक स्वयम र मनिता गहतराजको अभिनय रहेको छ।
गीतको छायाकंन तथा सम्पादन प्रकाश जोन तामाङले गरेका हुन । लामो समयदेखि संचारक्षेत्रसंग आवद्ध रहेका गायक जनकले यस गीतलाई आफ्नै अफिसियल यूट्युब च्यानल Zanak Tamrakar बाट सार्वजनिक गरेका हुन्।
गायक जनकका यस अघिका गीतहरु निकै लोकपृय रहेका छन् । उनको सबै भन्दा बढि रुचाइएको देउडा फ्युजनको ‘काफल खान्यां कुइयाँ ‘ अहिले युटुबमा मात्रै ८२ लाख भन्दा बढि दर्शकले हेरिसकेका छन । त्यस्तै उनको जुनकिरी, ठेगाना भेटियो, लौलौ सररर, बोलका गीतहरु पनि दर्शकले मन पराएका छन् ।
गीत हेर्नुहोस