चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिजा दिएन

काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिजा दिन अमेरिकाले अस्विकार गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपले क्यारेबियन प्रिमियर लिग २०१९ (सिपिएल) खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेकोमा दुतावासले उनलाई भिजा दिन अस्विकार गरेको हो ।

सन्दीपले ट्वीटरमा लेख्दै यस कुराको जानकारी दिएका हुन ।
सम्पुर्ण कागजपत्र समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले उल्लेख गरेका छन्।

अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले ट्वीटरमा लेखेका छन्।
सिपिएलको गत संस्करण पनि खेलेका सन्दीप यसबर्ष पनि खेल्न गइरहेका थिए।

सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्न गइरहेका थिए । सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगस्ट अन्त्यसम्म पुगिसक्नुपर्छ ।

अमेरिकाको लोकपृय मानिने सिपिएल क्रिकेटमा भिजाका कारण जान नपाएपछि सन्दीपले दोस्रो पटक पाएको यो मौका नै अन्यौलमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार