नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता काठमाडौंमा सुरु


काठमाडौं । नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता काठमाडौंमा सुरु भएको छ । दुई देशबीच ८ वर्ष पछि द्विपक्षीय व्यापार सम्बन्धका बिषयमा बिहीबारदेखि काठमाडौंमा वार्ता सुरु भएको हो।

वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल भइरहेको बताइएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् भने भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार