काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रतिकृयावादी र परिर्वतन बिरोधीहरुलाई लाखौं कार्यकर्तामार्फत तह लगाउने चेतावनी दिएका छन् ।
नेकपाका दश लाख कार्यकर्ता अहिले कामविहिन भएको मौका छोपेर प्रतिकृयावादीहरुले जनतामा विभिन्न भ्रम फैलाइरहेकाले प्रचण्डको भनाई छ ।
शुक्रबार काठमाडौंमा नेकपा सम्पर्क समन्वय कमिटि भेलालाई संवोधन गर्दै प्रचण्डले भने, “१० लाख कार्यकर्ता, ५ लाख जनवर्गीय संगठन सदस्य भएको पार्टी एउटै विचार, एउटै मन लिएर अभियानमा गयो भने भुतप्रेतहरुको हालत के होला ? तपाईहरु आफैं कल्पना गर्नुस्, तर कार्यकर्ताहरु अहिले कामविहिन भएका छन् । हामी छिट्टै लाखौं कार्यकर्तासहित जनतामा पार्टी र सरकारका काम लगेर जादैछौं ।”
राजावादीहरुतर्फ संकेत गर्दै प्रचण्डले प्रेतहरुलाई कसरी मन्सिन पर्छ भन्ने आफुहरुलाई राम्रोसंग थाहा भएको बताए । हामीले हिजो त्यो बलियो भनिएका भूत प्रेतलाई तह लगाएर, पुरेर आएका हौं । फेरि त्यो शक्ति देखाउनु छ, छिट्टै देखाउँछौं, प्रचण्डले भने ।
झण्डै एक वर्ष पार्टी कुखरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने प्रचण्डले बताए । केहि समय पार्टी एकतामा लागेकाले अब पार्टी एकढिक्का भई घिस्रिएर नभई चिल जस्तै उड्दै फड्को मार्ने उनको भनाई थियो ।
पार्टीका योजना र सरकारका कामबारे छिट्टै केन्द्रीय कमिटी बैठक बोलाएर अभियानका साथ जनतामाझ प्रचण्डले जानकारी दिए ।परिर्वतनबिरोधीहरुले अनेकवाहानामा जनता भड्काउने, भ्रम सिर्जना गर्ने गरिहेकाले त्यस्ता प्रतिकृयावादीप्रती नेकपा चुप लागेर नबस्ने प्रचण्डले चेतावनी दिए ।