रोल्पामा यात्रु बोकेको बस खोलामा खस्दा २ जनाको मृत्यु

रोल्पा । रोल्पामा बस खोलामा खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र २ का १९ वर्षे सूर्यलाल जीएम रहेका छन्।

सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फ गइरहेको आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो पूर्वी रोल्पाको लुंग्री खोलामा खसेको थियो ।

बस सडक बाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार