मुगुमा प्रशासकीय अधिकृत माथि अज्ञात व्यक्तिद्धारा आक्रमण, टाउकोमा गम्भिर चोट

मुगु । मुगुको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत पर्शराम उपाध्यायमाथि अज्ञात समूहले आक्रमण गरेको छ। सोमबार विहान कार्यालय जाने क्रममा अधिकृत उपाध्यायमाथि बाटोमै आक्रमण भएको प्रहरीले बताएको छ ।

नकाबधारी पाँच, सात जनाको समूहमा आएका आक्रमणकारीले उनलाई बाटोमै कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेको छ।

कुटपिट बाट घाइते भएका उनको जिल्लामा उपचार हुन नसकेपछि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको बताइएको छ ।

उपाध्यायको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उनको टाउकोमा १८ टाँका लगाइएको छ।

उनलाई कस्ले किन कुटपिट गरेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार