बर्दिवास । प्रहरीले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीबलको सक्रियतामा पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका–८ घर भएका २२ वर्षीय राजकुमार साह रहेका छन् । साह शनिवार राती ज७ प ३३९५ नम्बरको मोटरसाइकल चढी मटिहानीबाट जलेश्वर जाँदै थिए ।
सो क्रममा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै पुगेपछि गस्तीमा खटिएका सशस्त्र प्रहरीले शंकाको आधारमा चेक जाँच गर्दा उनी पक्राउ परेको बताइएको छ । सशस्त्र प्रहरीले उनको साथबाट स्रोत नखुलेको तीन लाख भारतीय रुपैया बरामद गरेको हो ।











