काठमाडौं । ठगि आरोपमा पक्राउ परेका रूप ज्योति हिरासतमुक्त भएका छन्। जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रूप ज्योति हिरासतमुक्त भएका हुन्।
व्यापारिक घराना ज्योति ग्रुपका सदस्य समेत रहेका ज्यातिमाथि ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनी र व्यवसायी विजेन्द्रकृष्ण मल्लबीच लेनदेन विवाद थियो।









