तनहुँमा दुईवटा चितुवा मृत भेटिए

तनहुँ । तनहुमा दुई दिनमा दुइवटा चितुवा मृत भेटिएका छन् । तनहुँको ब्यास नगरपालिकामा चितुवा मृत भेटिएका हुन् ।

बुधबार नगरपालिकाको वडा नम्बर १ मुसेखोलामा ढाड भाँचिएको अवस्थामा भाले चितुवा मृत भेटिएको स्थानीयले बताएका छन् । त्यस्तै वडा नम्बर ७ मा पनि सोमबार बच्चा चितुवा मृत भेटिएको थियो।

बुधबार भेटिएको चितुवा सडकमा चलेका गाडीले ठक्कर दिँदा घाइते भएर मरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार चितुवाको छाला चितवन राष्ट्रिय निकुञ्ज पठाइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार