काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सचिवालय बैठक बोलाएका छन्। अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा अहिले केहीबेरमा सुरु गर्ने गरी बैठक बोलाएका हुन् ।
नेकपा कार्यालयका अनुसार उनले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । नेकपाको कार्यकारी जिम्मेवारी पाएपछि प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाएका छन् ।
प्रचण्डले मंसिर ४ गते नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाइका थिए । प्रधानमन्त्री एंव पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने यतिबेला अस्पतालमा छन् ।










