भारतमा लकडाउन २१ दिन पुगेपछि प्रधानमन्त्री मोदीले संवोधन गर्दै

भारतको लकडाउन नेपालका लागि पनि महत्वपुर्ण


भारत । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रका नाममा संवोधन गर्दैछन् । कोरोनाका कारण भारतमा गरिएको लकडाउनको २१औं दिनमा मोदीले संवोधान गर्न लागेका हुन ।

भारतिय संचारमाध्यमहरुका बिहान १० बजेपछि मोदीले संवोधनमा लकडाउन थप्ने वा नथप्ने भन्नेबारे खास निर्णय आउन सक्नेछ ।
भारतमा कोरोनाबाट अहिलसम्म ३५८ जनाको मृत्यु भइसकेको छ भने १० हजार ४ सय ५३ जना संक्रमित रहेका छन् ।

भारतको लकडाउन नेपालका लागि पनि महत्वपुर्ण
भारतसंगको खुला सीमा भएका कारण भारतको लकडाउन नेपालका लागि पनि महत्वपुर्ण रहेनछ । लकडाउनका बेला पनि भारतबाट लुकीछिपी नेपाल भित्रिने क्रम रोकिएको छैन ।

हिजोमात्रै भारतबाट केहि दिनअघि हिडेरै नेपाल आएका रौतहटका १९ बर्षीय युवामा कोरोना पुष्टी भएको छ । त्यसअघि बिरगंजमा पनि भारतबाट आएका ३ जना भारतियमा कोरोना संक्रमण भेटिएको छ । उनिहरुको नेपालमै उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार