इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि आवेदन खुल्यो


काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि आवेदन खुलेको छ । इजरायलमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको हो ।

वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १ हजार ४६४ जना कामदारको लागि आवेदन खुलाइएको हो ।

आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत ferms.dofe.go.np मार्फत आवेदन दिन सकिनेछ। छनोट भएका कामदारले मासिक ६ हजार ४४३।८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुने सूचनामा उल्लेख छ।

कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन मात्र बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायली सरकारको कानुनअनुसार हुने बताइएको छ।

कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछ। तर, बसोबासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।

सूचनाबारे विस्तृत जानकारी यस्तो छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार