महेश बस्नेतको चेतावनीः जसरी हाम्रा घरहरु जलाउनु भयो त्यसरी नै तपाईहरुमाथि आक्रमण हुनेछ

काठमाडौं । एमाले सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाहलाई तत्काल राजीनामा दिन चेतावनी दिएका छन् ।
गुन्डुस्थित आफ्नो घरमा पत्रकारहरुसंग कुरा गर्दै नेता बस्नेतले प्रधानमन्त्रीले राजीनामा नदिए दोस्रो जेनजी आन्दोलन गरेर लखेट्ने चेतावनी समेत दिएका हुन् ।
राजीनामा नदिए जसरी आफुहरुको घरहरु जलाए त्यसरी नै बालेन, रवि, सुधनहरुका घरहरु जल्ने उनको चेतावनी छ । राष्ट्रसंघको महासभामा भाग लिएर फर्केपछि प्रधानमन्त्री शाहले राजीनामा दिनुपर्ने नेता बस्नेतले बताए । बालेन सरकारलाई जति पाल्यो उतिनै देशले क्षती ब्यवहोर्ने उनको दावी छ ।
“बालेन सरकार जति पाल्यो त्यती देशले क्षती ब्यवहोर्ने वाला छ । यसलाई जति सक्दो छिटो फाल्नुपर्छ । संयुक्त राष्ट्रसंघको महासभाबाट भाग लिएर फर्किनुस र राजनीमा दिनुस । दिनु भएन भने जनताको आक्रोष यसरी प्रकट भएको छकी २३ २४ गते जसरी हाम्रो घरहरु जलाउनु भयो त्यसरी नै तपाईहरुमाथि आक्रमण हुनेवाला छ । त्यो आक्रमण रोक्ने हो भने बेलैमा राजीनामा दिएर सत्ताबाट बाहिर जानुस । होइन भने दोस्रो २३ २४ आन्दोलन घोषणा हनुेछ । र तपाईहरुले हिजो जे जे कर्तुत गर्नुभाथ्यो त्यो सबै तपाईहरुमाथि फर्किनेवाला छ”, बस्नेतले चेतावनी दिए ।
उनले संसद पुर्नस्थापाना लगायतका तमाम बिषयबस्तु समेटेर आन्दोलनका बिषयमा दलहरुबीच छलफल भइरहेको समेत खुलासा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार