जेनजी आन्दोलनको एकबर्ष पुरा, देश जेनजीकै म्याण्डेडमा चलिरहेको छत ?

काठमाडौं ।  जेनजी आन्दोलनको आज एकबर्ष पुरा भएको छ । अघिल्लो बर्ष आजकै दिन भदौ २३ गते जेनजी पुस्ताका युवाहरुले सामाजिकसंजाल प्रतिबन्द र भ्रष्टाचारविरुद्ध सडकमा प्रर्दशन गरेका थिए । आन्दोलन उग्र बन्दै संसद भवन छिरेपछि प्रहरीले गोली चलाउँदा १९ जना प्रदनकारीको मृत्यु भएको थियो । सोहि दिनको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ।

भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको भदौ २३ को दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । भदौ २३ गते भएको प्रर्दशनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि
भदौ २४ गते भएको विध्वंसले देश खरानी पारिएको थियो ।
२३ र २४ को प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरि ७६ जनाको मृत्यु भएको थियो । विध्वंसकारी आन्दोलनमा देशको संसद भवनदेखि सिंहदरवार, सर्वोच्चदेखि राष्ट्रपति कार्यालय र नीजि सम्पत्तिदेखि ब्यापारीक प्रतिष्ठानहरु खरानी पारिएको थियो ।
त्यही आन्दोलनको जगमा बनेको बालेन सरकार गठन भएको पनि ६ महिना पुग्न लागेको छ । तर सुशासन ल्याउन र भ्रष्टाचारविरुद्ध काम गर्न जेनजीहरुले दिएको म्याण्डेड अनुसार सरकार चलेको छत ? भनेर प्रश्न उठिरहेका छन् । सरकार चलाएको सय दिनमै चमत्कार गर्छौ भनेकाहरुले सरकार गठन भएको ६ महिना पुग्नै लाग्दा अस्पताल, ग्याँस, पास्पोर्ट, एयरपोर्टहरु युवाहरुको लाइन कायमै छ ।
महँगीले जनताको ढाड सेकिरहेको छ भने जेनजी आन्दोलन गर्ने युवाहरु ने बेरोजगार छन् ।
जेनजी आन्दोलनमा भएको खरबौं क्षतीले देश थप रिणमा डुबेको छ । जलेका भौतिक संरचना निर्माण गर्न र सवारी साधन किन्न मै सरकारले खरबौं पैसा खर्चिरहेको छ । परिवारवाद र नेपो बेबी भनेर जेनजी आन्दोलनमा गएकाहरु नै अहिले सरकारको नियुक्ती लगायतका लाभहरु लिइरहेका छन् ।
पुराना पार्टीका नेता, सांसद, मन्त्रीहरुले तडकभडक देखाए, जनताको दुख बुझेनन् भन्दै युवाहरुले जेनजी आन्दोलनमा पोखेको असन्तुष्टी बर्तमान सरकारले बुझ्यो त ? भन्दै स्वयम जेनजी अगुवाहरु प्रश्न उठाइरहेका छन् ।
जेनजी आन्दोलनको जगमा टेकेर संसद र सरकारमा पुगेकाहरु साँच्चिकै जेनजी युवाहरुको भावना र मर्मअनुसार काम गरिरहेका छन् त ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार