सनसिटी अपार्टमेन्टका ३ सयको रिर्पोट नेगेटिभ आएपछि नाचगान (भिडियोसहित )

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ग्राउडमा बुधबार साँझ नाचगान गरिएको छ । अमार्टमेन्टमा बस्ने  ३ सय जनाकाे  कोरोना र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणको रिर्पोट नेगेटिभ आएपछि नाचगान गरिएको हो ।

करिब ३ सय जनामा आरडीटी विधिबाट गरिएको परीक्षणको रिर्पोटको नतिजा डाक्टरले एकैपटक घोषणा गरेपछि अपार्टमेन्ट परिषरमा उपस्थित सबैले नाचगान गरेकाे  अपार्टमेन्टमा बस्दै  आएका एक व्यक्तिले अनमोलपोस्टलाई जानकारी दिएका छन् । उनका अनुसार नाचगानमा उनीहरुले एक व्यक्तिदेखि अर्को व्यक्तिकाे दुरी १ मिटर कायम गर्नुपर्ने नियमकाे उल्लंघन समेत गरेको देखिन्छ ।

अर्पाटमेन्टको ब्लग ‘ए’ मा बस्ने दुईजनामा कोरोना संक्रमण भेटिएपछि सरकारले बुधबार बिहानदेखि त्यहाँ बस्ने सबै जनाको परीक्षण सुरु गरेको थियो ।

बेलायतबाट आएका एकै परिवारका तीन जनामा मध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु अहिले पाटन अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

यो भिडियो सामाग्री पनि हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार