होल्डिङ सेन्टरमा खाना समेत पाएनन् सुकुमबासीले, चिउरा र दालमोठको भर


भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासी आन्दोलित भएका छन् । सरकारले खाना दिन छोडेपछि होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीहरु आन्दोलित भएका हुन् ।

सरकारले खाना रोकिदिएपछि उनीहरुले सडकमै दालमोठ र चिउरा खाएर प्रदर्शन गरिरहेका छन् । यसअघि सरकारले शुक्रबार दिउँसो दुई बजेसम्म होल्डिङ सेन्टर छोड्न सूचना जारी गरेको थियो ।

आफ्नो व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टर नछोड्ने अडानमा रहेका सुकुम्बासी प्लेकार्ड बोकेर सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले आफ्नो विकल्प नदिई सरकारले सेन्टर खाली गर्न भनेपछि आन्दोलनमा उत्रिएका छन् ।

गत वैशाखमा नदी किनाराबाट विस्थापित गरिएका सुकुमवासीलाई उपत्यकाका तीन ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।
काठमाडौंको नागार्जुन, भक्तपुरका दुई स्थान बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र खरिपाटीमा रहेको विद्युत प्राधिकरणको भवनमा सात महिनादेखि सुकुमवासीहरू बसिरहेका छन् ।

थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रबाट हटाएका सुकुमवासीलाई ती स्थानमा राखिएको छ ।

यसरी विकल्प नै नदिई सेन्टर खाली गर्नभनेपछि सरकारको चौतर्फि विरोध भइरहेको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि अन्य दलका नेताहरुले पनि विकल्पै नदिई सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउन नहुने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार