कर्मचारीमा कोरोना देखिएपछि ललितपुरको आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल


ललितपुर। ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानलाई सिल गरिएको छ । प्रतिष्ठानमा काम गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बुधबार बिहानदेखि प्रतिष्ठान सिल गरिएको हो । संक्रमणको जोखिम रहेको भन्दै प्रतिष्ठानसंगै जोठिएको निदान अस्पताललाई समेत सिल गरिएको छ ।

भक्तपुरमा मंगलबार गरिएको कोरोना परीक्षणमा कोरोना पोजिटिभ देखिएकी २५ वर्षीया युवती प्रतिष्ठानकी कर्मचारी भएको खुलेको छ । संक्रमित ती युवती सुनसरीको झुम्काबाट तीन दिनअघि मात्रै काठमाडौं आएकी थिइन् ।

उनी भक्तपुरको ठीमीमा बस्दै आएको खुलेको छ । कोरोना संक्रमण देखिएपछि युवतीलाई हिजै टेकु अस्पताल लगिएको छ । उनी काम गर्ने प्रतिष्ठानमा मिर्गौलाको डायलासिस लगायतका उपचार गर्ने गरिन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार