वैदेशिक रोजगार व्यवसायी संघमा पुरानै दल सर्मथकको प्यानल नै विजयी, रास्वपा पराजीत


काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा पुरानै दल सर्मथक विजयी भएका छन् । संघको अध्यक्षमा डिकबहादुर खत्री (कुमार) प्यानलसहित विजय भएका छन् । आइतबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार खत्रीले ३४७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ र हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत पाए ।

अध्यक्षमा विजयी भएका खत्रीलाई एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेसनिकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूहले सर्मथन गरेको थियो ।
त्यस्तै संघको प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा हरि डाँगी, सचिवमा केदारनाथ अधिकारी तथा कोषाध्यक्षमा धनमाया सिन्जाली विजयी भएका छन्।

१७ सदस्यीय कार्यसमितिमा प्रगतिशील प्यानलले स्पष्ट बहुमत हासिल गर्दै सातमध्ये ६ पदाधिकारी र १० मध्ये ८ सदस्य पदमा विजयी भएका छन् । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट हरिबहादुर पाण्डे क्षेत्री प्यानलसहित चुनावी मैदानमा थिए । तर उनले अध्यक्ष पदमा १७० मत मात्रै पाए ।

सम्पुर्ण पदाधिकारीको मत परिणाम यस्तो छः
अध्यक्षः
डिकबहादुर क्षेत्री (कुमार) ३४७
मेघनाथ भुर्तेल १९२
हरिबहागुर पाण्डे क्षेत्री १७०

प्रथम उपाध्यक्षः

महेशकुमार बस्नेत २४१
कर्णराज कटुवाल २३१
सञ्जु गुरुङ २२८

द्वितीय उपाध्यक्षः

अनिल बोगटी ३१५
रबिन मेगाले मगर २०५
बालकृष्ण श्रेष्ठ १६८

तृतीय उपाध्यक्षः

लक्ष्मण पौडेल २५९
तुलसी पुरी २५६
कृष्ण ढकाल १७२

महासचिवस्

हिराबहादुर डाँगी (हरि) २७३
नुर मोहम्मद मियाँ २४९
अमर प्रकाश तिवारी १६३

सचिवः

केदारनाथ अधिकारी २९८
राजकाजी भोलान (राज लामा) २४४
नवराज लुईंटेल १४७

कोषाध्यक्षः

धनमाया सिञ्जाली ३२३
विद्यालक्ष्मी बज्राचार्य १९५
विनिता कटुवाल १६३

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार