काठमाडौं । सोमबार बेलुका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम, बर्दिया, बाराका गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
अछाममा पहिलो पटक संक्रमित भेटिएका छन् । मेल्लेख गाउँपालिकाका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गुलरिया नगरपालिका बर्दियाका थप तीन जना , नारायणी अस्पतालमा दुई जना र एक जना बारामा संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । जसमध्ये १ सय ११ जना भने कोरोना जितेर घर फर्किएका छन् ।












