कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरु भत्ता नपाएपछि आन्दोलित


सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकहरु प्रोत्साहन भत्ता नपाएपछि आन्दोलित भएका छन् । अस्पतालमा करारमा कार्यरत चिकित्सकहरुले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । अस्पतालमा २४ जना करार चिकित्सकहरु कार्यरत छन् ।

सरकारले घोषणा गरेको भत्ता पाउनु पर्ने माग गर्दै आफुहरुले अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएको आन्दोलित डाक्टरहरुले बताएका छन् ।

कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुका लागि मंसिरदेखि लागु हुने गरी प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । तर चालु आर्थिक वर्ष सकिन लाग्दा पनि आफुहरुले नपाएको उनीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार