कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, आज ४३४ जना थप


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा बिहीबार दिइएको जानकारी अनुसार थप भएका संक्रमितमध्ये महिला ४८ र पुरुष ३८६ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनकाअनुसार योसंगै नेपालमा हालसम्म संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा महिला १९ र पुरुष २९३ रहेका छन् ।
हालसम्म कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २६५० पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार