धनुषामा मदिरा सेवनका कारण ५ को मृत्यु १ को अवस्था गम्भीर

जनकपुर । अत्यधिक मदिरा सेवनका कारण धनुषामा ५ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा धनुषाका ४० वर्षका विलास मण्डल, ३५ वर्षका ब्रहमदेव यादव, ६५ वर्षका गुद्री महरा, ३० वर्षका राजु महरा र ३६ वर्षका रामनारायण महरा रहेका छन् ।

उनीहरु सबै क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयाका रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । मृतक सबैको एकै दिन नभएर एक दिन अघिपछि मृत्यु भएको हो । बुधबार ३ जना र बिहीबार २ जना गरी ५ जनाको मृत्यु भएको हो ।

घरेलु मदिरा सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । गम्भीर विरामी पर्नेमा २७ वर्षीय इनरजीत महरा रहेका छन् । उनलाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

सुरुमा कालगतिले मरेको गाउँलेले बताएपछि, शुक्रबार विहान प्रहरीले अनुसन्धान गर्दा मदिरा सेवनका कारण मृत्यु भएको पुष्ठि गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार