
काठमाडौं । अनशनरत “इनफ इज इनफ” अभियानका अभियान्ता ईः अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी साेमबार अस्पताल भर्ना भएका हुन् ।
सरकारसँग कोरोना महामारीको उचित व्यवस्थापनको माग गर्दै ईः १७ दिनदेखि बसन्तपुरमा अनशन बसेका थिए । अनशसनरत उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएको बताइएको छ ।
सरकारले माग पुरा नगरेसम्म ईः ले अस्पतालमै अनशनलाई निरन्तरता दिने बताएका छन् ।










