
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षाको खटिने ९ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित ९ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
नेता नेपाल र उनको परिवारका सबै सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत बिहीबार नेपालसहित उनको परिवार र सुरक्षामा खटिने सुरक्षाकर्मीको जाँचका लागि स्वाब संकलन गरिएको थियो । जसको शुक्रबार राति आएको रिर्पोटमा सुरक्षाकर्मीलाई मात्रै कोरोना देखिएको हो ।
संक्रमित सबै सुरक्षाकर्मीलाई आएसोलेसनमा पठाइसकिएको सचिव गौतमले जानकारी दिए ।















